कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान २ बजे सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

.

प्रहरीका अनुसार, मृतकको विवरण (पहिचान) आइसकेको छैन । त्यस्तै, सोही दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये जनालाई बुटवल ‘रिफर’ गरिएको छ ।

अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समाचार समाज