माओवादी विधान अधिवेशन आज पनि जारी रहने

नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी रहने भएको छ । गत मंगलबारदेखि सुरु भएको उक्त अधिवेशन बैठक आज समापन गर्ने तयारी रहेको छ ।

अधिवेशनको आज अन्तिम दिन सुझाव सङ्कलन गरेकामध्ये सात समूहले सुझाव पेस गर्ने भएका छन् । यसअघि हिजो विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको थियो ।

.

बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बस्नेछ । सुझाव पेस गर्ने क्रममा महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने, शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने, पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने विषयहरु उठान भएका छन् ।

राजनीति समाचार