स्थापना दिवसको अवसरमा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।

स्थापना दिवसको अवसरमा सरकारले औपचारिक समारोह आयोजना गरेको छ । मुख्यमन्त्री कार्यालयमा हुने कार्यक्रममा निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने कार्यसूची रहेको छ ।

.

गण्डकी प्रदेश सरकार आजबाट ६ वर्ष पूरा भएको छ । २०७४ साल फागुन ४ गते नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वका सरकार गठन भएको दिनलाई प्रदेशले सरकार स्थापना दिवस मनाउँछ ।

यो अवधिमा गण्डकीले ४ जना मुख्यमन्त्री पाइसकेको छ ।

गण्डकी प्रदेश प्रदेश समाचार राजनीति समाचार