मकवानपुरगढीमा अटो दुर्घटनामा घिमिरेको मृत्यु

हेटौंडा। मकवानपुरगढीमा अटो दुर्घटनामा चालकको मृत्यु भएको छ । आज बिहान मकवानपुर गढी गाउँपालिका वडा नम्बर–४ ज्वालादेवी स्थित भित्री सडक खण्डमा धादिङबजार बाट ज्वालादेबि तर्फ जाँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही स्थान बस्ने अन्दाजी ३६ वर्षिय सुमन भन्ने देबि बहादुर घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले नाएको छ । मृतक घिमिरेको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो ।

मुख्य समाचार समाचार समाज स्थानीय