पूर्वप्रधानमन्त्री नेपाल र इयुका राजदूत भेरोनिकबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र यूरोपियन यूनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।
अध्यक्ष नेपाल र राजदूत लोरेन्जोबिच समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटमा यूरोपियन युनियन तथा यसका सदस्य राष्ट्रहरूबिचको सम्बन्धका विविध पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

राजनीति समाचार