एमालेद्वारा तीन मन्त्रीको राजिनामा माग

 काठमाडौं । नेकपा एमालेले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किराँतीको माग गरेका हुन् ।
उनले एमालेले विभिन्न काण्डहरुमा सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेका छन् । लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरी अवैधानिक काम गर्न दिएको भन्दै उनले यसमा संलग्नता रहेका पर्यटनमन्त्री किराँतीले राजिनामा दिनुपर्ने बताए ।
उनले बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन माग गरे ।

मुख्य समाचार राजनीति