मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

विहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएर दुर्घटना हुँदा तीन बालबालिकासहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ । बच्चाहरूको अवस्था भने गम्भीर छ ।

ट्रकले किचेर बच्चाहरू घाइते भएपछि स्थानीयबासी आक्रोशित बनेका छन् । प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार समाज