शिवमको ढुङ्गाखानीका विषयमा सांसद बर्तौला र खानी बिभागका महानिर्देशक बिच कुराकानी

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ७ मा रहेको शिवम सिमेन्टको खोटारमा संचालित चुनढुंगा खानी लगायत मकवानपुर जिल्लामा संचालित अन्य विभिन्न खानीहरुको सन्दर्भको विषयमा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का सांसद महेश बर्तौला र खानी तथा भुगर्भ विभागका महानिर्देशक राम प्रसाद घिमिरे बिच बिहिवार भेटवार्ता भएको छ ।

भेटमा खानी क्षेत्रको यथार्थ अवस्थाका बारेमा एवम् खानी संचालनमा भइरहेका गलत क्रियाकलापहरुलाई कसरी प्रभावकारी नियमन गर्ने भन्ने विषयमा कुराकानी भएको सांसद बर्तौलाले बताउनुभयो ।

छलफलमा खानी विभागका महानिर्देशक घिमिरे र उपमहानिर्देशकहरु सहभागी रहनु भएको थियो ।

खोटार खानीसँग सम्बन्धित बिषयहरूमा खानि विभागमा पेश भएका डकुमेन्टहरूको समेत अध्ययन गरेको उहाँले बताउनुभयो ।

सो खानी संचालन तथा खानीले पार्न सक्ने असरको विषयमा अनुगमनका लागि केहि दिन पहिला मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष सहितको टोलि खानी क्षेत्र पुगेको थियो । टोलीले खानी क्षेत्रमा शिवम सिमेन्ट प्रालिले ढुङ्गा उत्खनन गर्दा लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।

मुख्य समाचार समाज