एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान

मकवानपुर । नेकपा एमाले कैलालीको नेतृत्व चयन गर्न आज मतदान सुरु भएको छ ।

सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा अहिले मतदान भइरहेको छ । मतदान दिउँसो १ बजेसम्म चल्ने जनाइएको छ ।

एमालेको नेतृत्वका लागि कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

अध्यक्षका प्रत्यासी डेजी पाण्डेले पहिलो मत खसालेका हुन् । यो निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

मुख्य समाचार राजनीति समाचार