जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

यसअघि हिजो पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको छ ।

राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा हिजो छलफल भएको पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।

जसपाको राष्ट्रिय महाधिवेशन बैठक आगामी जेठ २८, २९ र ३० गते बोलाइएको सो पार्टीले जनाएको छ ।

राजनीति समाचार