त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ ।
त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
बराल पोखरा विश्वविद्यालययका पूर्व उपकुलपति थिए । त्रिविको २० औँ उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने बरालले दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।
पुस २० गते सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेकाे थियाे । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि शिक्षा मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको थियो ।

मुख्य समाचार शिक्षा समाचार