मकवानपुरका वाईबासहित दुई जना पक्राउ

 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने १९ वर्षीय कमल भुजेल र मकवानपुरका १९ वर्षीय साजन वाईबा रहेका छन्।

शनिबार साँझ प्रहरीले उनीहरूलाई १ हजार दरको जम्मा ६ थान नक्कली नोटसहित पक्राउ गरेको हो।

कमलको साथबाट ३ थान र साजनको साथबाट ३ थान गरी ६ थान नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

समाचार समाज