मकवानपुरमा शिबम सिमेन्टको अतिक्रमण, स्थानीय चिन्तित

 

मकवानपुरगढी गाउँपालिकाको सुकौरास्थित शिबम सिमेन्ट उद्योगले खानी क्षेत्र विस्तार गर्दै जंगल कटाउने कार्य गरेको छ। उद्योगले खानी विभागसँगको सम्झौता विपरीत खोटार खानी क्षेत्रमा हरिया सालका रुख कटाएर जंगल नष्ट पारेको र ओभरबर्डन फालेको पाइएको छ।

उद्योगले तोकिएको क्षेत्रभन्दा बाहिर पाँच गुना बढी क्षेत्रफलमा खनिज उत्खनन गरिरहेको आरोप स्थानीयको छ। यसले गाउँपालिकाका चार वडाका बासिन्दा प्रभावित भएका छन्।

यस विषयमा बुधबार मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बतौलाको नेतृत्वमा खानी क्षेत्रको अनुगमन गरिएको थियो।

अनुगमनपछि शिबम सिमेन्टलाई पाँच बुँदे निर्देशन दिइएको छ। यसमा खानी सञ्चालन मापदण्ड पालना गर्न, ओभरबर्डन व्यवस्थित गर्न र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न लगायतका निर्देशन दिइएका छन्।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले पनि यसबारे चासो राखेको बताएका छन्।

समाचार समाज स्थानीय