मकवानपुरका विद्यालयहरूमा दिवा खाजाले बिद्यार्थी संख्यामा बृद्धि, तर बजेट अपुग भएको शिक्षकको गुनासो

हेटौंडा । विद्यालयले दिवा खाजा उपलब्ध गराउन थालेसँगै मकवानपुरका सामुदायिक विद्यालयहरुमा बिद्याथीहरुको चाप निकै बढेको छ । दिवा खाजाका कारण बिद्यार्थीहरु बिद्यालयको समय अवधि सम्म बस्न पनि थालेका छन् । पहिलेको तुलनामा बिद्यालयमा बिद्यार्थी पनि बढेको शिक्षकहरु बताउँछन् । सरकारले आधारभूत तहको १–५ कक्षाका विद्यार्थीलाई विद्यालय दिवा खाजा उपलब्ध गराउँदै आएको छ ।

दिवा खाजा उपलब्ध गराउनु भन्दा पहिले मकवानपुरका सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी दिउसोको समयमा भोकभोकै बस्दै आएका थिए । अहिले भने खाजा खान पाएको बिद्यार्थीहरु बताउँछन् । मकवानपुरका दश वटै स्थानीय तहका बिद्यालयमा दिवा खाजा खुवाउँदै आएको छ । यसका लागि संघीय सरकारले प्रति बिद्यार्थी १५ रुपैयाँका दरले उपलब्ध गराउँदै आएको छ ।

अझै मकवानपुरगढी गाउँपालिकाका बिद्यालयहरुले स्थानीय परिकार बन्न थालेपछि विद्यार्थी जङक्फुट किन्न र खान कम गर्न थालेको मकवानपुरगढीको बालज्योती प्राथमिक बिद्यालयका प्रधानध्यापक गिता तिमल्सीना बताउनुहुन्छ ।

दिवा खाजाका कारण गरिब परिवारका बिद्यार्थीहरुलाई धेरैनै राहत मिलेको उहाँ बताउनुहुन्छ । मकवानपुरगढी मात्र होइन । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका कैलाश गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिकामा पनि बिद्यालयमा दिवा खाजा दिइदै आएको छ । सरकारले उपलब्ध गराएको प्रति बिद्यार्थी १५ रुपैयाँमा खाजा खुवाउन समस्या भएको र यसको रकम बृद्धी गर्नुपर्ने शिक्षकहरुले बताएका छन् ।

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय