नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

चितवन । दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक बन्द नहुने भएको छ ।
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि दिउँसो चार घण्टा बन्द हुने गरेको सडक आजदेखि बन्द नहुने भएको हो ।
पहाड काट्ने काम अन्तिम चरणमा पुगेकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो ।

 

समाचार समाज स्थानीय