राक्सिराङमा किसानलाई उन्नत जातका बोयर बोका र गाई वितरण

राक्सिराङ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले किसानहरुका लागी १० वटा जर्सी गाई र ११ वटा उन्नत जातका बोयर बोका वितरण गरेको छ ।
व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका र ३ नम्बर वडाका १० जना किसानलाई गाई वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले व्यावसायिक रुपमा बाख्रा पालन गरे आयआर्जन गरे स्थानीय सरकारले किसानलाई थप सहयोग उपलब्ध गराउँने बताए । उनले वडा कार्यलयको माग अनुसार पालिकालाई कृषिमा निर्भर बनाउ किसानलाई मौरी, चिउरी, गाई र अन्य आवस्यक सहयोगका लागी पालिका तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
‘पालिकामा बाख्रा पालनको लागि राम्रो ठाउँ भएकोले बाख्रा पकेट क्षेत्र बनाउँने तयारीमा हामी छौ । त्यसका लागी आवस्यक पर्ने सुधारिएको खोर, उन्नत घाँसको बिउ आदी व्यवस्थामा पालिका तयार छ ।,’ उनले भने ।
यस्तै अध्यक्ष मल्लले दुधमा निर्भरता बढाउने उदेश्यले पालिकाको वडा नम्बर ३ का १० जना किसानलाई १० वटा जर्सी गाई वितरण गरेको जानकारी दिए । उनले पालिकाको वडा नम्बर ३ लाई डेरीको हब बनाउने उदेश्यले गाई वितरण गरेको बताए ।
पालिकाका कार्यकारी प्रमुख देबचन्द्र गर्तौलाले पालिकाको ३ नम्बर वडा गाईबस्तु पालनका लागी उपयुक्त रहेकाले किसानलाई गाई पालनमा प्रेरित गर्ने उदेश्य लिएको बताए । उनले उन्नत जातका गाईबाट नश्लसुधार गरि सबैलाई जीवन निर्बाह गराउने र बजार व्यबस्थापन दिगो बनाउने गरी काम गर्ने दावी गरे ।
किसानको मागलाई ध्यानमा राखी पालिकाको विभिन्न ठाउँलाई पकेट क्षेत्र बनाउदै जाने योजना रहेको बताए । उनले पालिकामा मौरी, चिउरी, गाई, बाख्रा, तरकारी लगायतको पटक क्षेत्र बनाउँन गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मै घोषणा गरेको जानकारी दिए ।

समाचार समाज स्थानीय