सशस्त्र प्रहरी पोस्ट (एफओबी) मा आगलागी

, बारा । बाराको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ ।
एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र शाहले बताए ।

समाचार समाज स्थानीय