मेनका श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश

हेटौंडा । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघकी केन्द्रीय स्थाई कमिटी सदस्य एवम् महिला विभाग प्रमुख मेनका श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेकी छिन् ।

उनलाई आइतबार पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् ।

हेटौंडा–५ निवासी श्रेष्ठ लामो समयदेखि नेकपा एमालेमा रहेर विभिन्न राजनीतिक गतिविधिमा सक्रिय थिइन् ।

एमालेले इमान्दार कार्यकर्ताको महत्व नबुझेको र एमाले एउटा कम्पनी जस्तै भएकाले असल मान्छेहरु विस्तारै पाखा लाग्दै गएको भन्दै श्रेष्ठले आफु समाजवादको लयमा रहेको पार्टी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको बताइन् ।

पार्टीको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य राजाराम स्याङ्तानलगायत विभिन्न नेताहरुको उपस्थिति थियो ।

मुख्य समाचार राजनीति समाचार