यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, भोलि मंगलबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

समाचार समाज स्थानीय