मन्त्री ज्वालाको कमजोरी देखिए तुरुन्तै राजीनामा आउँछ : मेटमणि

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

 

 

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। उनले सो प्रतिवेदन सांसदहरुले पढ्न पाउनुपर्ने बताए।

उनले प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको कमजोरी देखिएमा मन्त्री ज्वालाले आधा सेकेण्डमा राजीनामा दिने बताए।

उनले भने ‘यो तुरुन्तै सार्वजनिक गर्नुस्। हामी सांसदहरुले पनि अध्ययन गर्न पाऊँ। यदि प्रकाश ज्वालाको कमजोरी देखिन्छ भने एक सेकेण्ड, आधा सेकेण्डमा राजीनामा गर्नुहुन्छ। पार्टीमा यस विषयमा छलफल भएको छैन। कमजोरी देखियो भने उहाँले आधा सेकेण्डमा उहाँ राजीनामा दिनुहुन्छ।’

उनले मन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा पार्टीभित्र कुनै छलफल नभएको बताए।

 

राजनीति समाचार