नाइल नदीमा डुंगा पल्टियो, ३ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै नाइल नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ। चारजना घाइतेको अस्पतालमा उपचार जारी रहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको छ।

 

 

कम्तीमा १० जना कामदार बोकेको डुंगा गीजा गभर्नरेटको निकलाह गाउँनजिकै डुबेको थियो।

बेपत्ताहरुको खोजी कार्य सम्पन्न नभएसम्म १० वटा एम्बुलेन्स दुर्घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ।

अन्तराष्ट्रिय समाचार