मकवानपुरको बकैयामा बिहीबार शोक विदा

मकवानपुरको बकैया गाउँपालिकाले भोलि फागुन १७ गते शोक विदा दिने निर्णय गरेको छ ।

बकैया ७ का वडा सदस्य रामकुमार तितुङको बुधबार भएको असहमाहिक निधनपछि पालिकाले बुधबार एक सूचना जारी गर्दै भोलि शोक विदा दिने जानकारी गराएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी गरिएको सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरुमा बिहीबार शोक विदा दिइएको उल्लेख छ ।

४० वर्षीय वडा सदस्य तितुङको बिजुलीको पोल ढलेर लाग्दा आज बिहान मृत्यु भएको हो । मंगलबार दिउँसो साढे १ बजेको समयमा आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल (करेन्ट नभएको) ढली लाग्न गई उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भवन नभएपछि मंगलबार अपराह्न नै चिवतनको मेडिकल कलेज भरतपुरमा लगिएको उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

समाचार समाज स्थानीय