हेटौंडा।. नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले २९ फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर तीन रुपियाँ ८५ पैसा र पेट्रोलको प्रतिलिटर २१ पैसा बढेर आएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भइरहेको र पेट्रोल र डिजेलको मूल्य बढेर आएकाले हालका लागि यथावत् राखिएको निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउँछ । निगमले ग्यासमा पनि २१ रुपैयाँ ६६ पैसा बढेर आएपनि मूल्य नबढाएको जनाएको छ ।