कुटपिटको आरोपमा पक्राउ परेकी वाइबालाई ४ दिनको म्याद थप

काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिनको म्याद थप गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले वाइबालाई बुधबारदेखि ४ दिनको लागि हिरासतमा राख्न म्याद थप गरेको हो । पवनकी श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएको विषयमा वाइबालगायतले ‘पवनलाई कुटेको आरोप छ ।
एक युवतीलाई गर्भवती भएको नाटक गर्न लगाएर शर्मिलाले पवनलाई ब्ल्याकमेलिङ गरेको र भिडिओ देखाएर २५ लाख रुपैयाँ बार्गेनिङ गरेको पवनको भनाई छ ।

समाचार समाज