आज नेपालले नामिबियासंग प्रतिष्पर्धा गर्दै

काठमाडौं । टियु खेल मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियासंग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजेदेखि शुरु हुने भएको हो ।
सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।
आईसीसीको टी-२० वरियतामा नामिबिया वरियतामा ११औं, नेदरल्याण्डस् १५ औं र नेपाल १६ औं स्थानमा छ ।

खेलकुद समाचार