प्रतिनिधि सभाबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित

अनुगमन तथा मूल्यांकन विधेयक संघीय संसद अन्तरगत प्रतिनिधि सभाबाट पनि पारित भएको छ ।

२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो । प्रतिनिधि सभाको आज बसेको बैठकबाट उक्त विधेयक पारित भएको हो ।

योसँगै सो विधेयक संघीय संसदको दुबै सदनबाट पारित भएको हो ।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

जसलाई प्रतिनिधि सभा सदस्यहरुले बहुमतका आधारमा पारित गरेका हुन् ।

राजनीति समाचार