अमेरिका जाँदै महिला बालबालिका मन्त्री

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य अमेरिका जाने भएका छन् । मन्त्री आचार्य मन्त्रालयको जम्बो टोलीसहित अमेरिका जाने भएका हुन् ।

मन्त्री आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् ।

११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन ठूलो प्रतिनिधिमण्डल लिएर मन्त्री आचार्य न्यूयोर्क जान लागेका हुन् ।

मन्त्रालयबाट मन्त्री आचार्य, सचिव सुमनराज अर्याल र २ सहसचिवसहित ७ जनाको टोली त्यता जाने छ भने महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना पनि प्रतिनिधिमण्डलमा छन् ।

राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाजकल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु पनि टोलीमा रहनेछन् ।

यो कार्यक्रममा सहभागी हुन विभिन्न अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु जान लागेका छन् ।

राजनीति समाचार