‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ’-‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नमर्दासम्म उथलपुथल भइराख्ने बताएका छन् ।

सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै आफु नमर्दासम्म देशमा उथलपुथल भइराख्ने बताएका हुन् । उनले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको पनि बताए ।

उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको उल्लेख गरे । उनले माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने दाबी गरे ।

मुख्य समाचार राजनीति समाचार