निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ताका लागि आग्रह गरेको छ ।
सूचना निकालेर आयोगले दल दर्ताका लागि आग्रह गरेको छ ।
२०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।
इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचन हुने भएको छ । प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि बझाङ १ को प्रदेशसभा सदस्य पद रिक्त छ ।

 

3-1709517131-1709519709.jpg
राजनीति समाचार