आज हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा आज एकैदिन तीन विद्यालय बालमैत्री घोषणा हुँदैछन् । एउटा संस्थागत र दुई वटा सामुदायिक विद्यालयल बालमैत्री घोषणा हुन लागेको हो ।

आज हेटौंडा–८ कमानेस्थित चन्द्रोदय मावि र हेटौंडा–१६ स्थित जनप्रिय प्राविधिक माविले एक कार्यक्रमबीच बालमैत्री विद्यालय घोषणा गर्न लागेको हो ।

यस्तै, आज नै हेटौंडा–२ मा रहेको बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलले पनि बालमैत्री घोषणा गर्न लागेको हो ।

तीन वटै विद्यालयले उपमहानगरपालिकाले तोकेको ११ वटा सूचक अन्तरगतका २६ वटै कार्य पार गरेकोले बालमैत्री विद्यालय घोषणाको प्रक्रिया पुगेको जनाइएको छ ।

मुख्य समाचार शिक्षा समाचार