हेटौंडामा स्लो स्कुटी रेस प्रतियोगिता

हेटौंडा । अखिल नेपाल महिला संघ जिल्ला कमिटी मकवानपुरको आयोजना तथा अनेमसंघ हेटौंडा उपमहानगरपालिका कमिटीको संयोजनमा ११४ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ ।

अनेमसंघ हेटौंडा नगरकमिटिका अध्यक्ष रन्जिता सिलवालको अध्यक्षता अनेमसंघ केन्द्रिय स्थाइ कमिटी सदस्य तथा मकवानपुर इन्चार्ज पदमा पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रतियोगितामा अर्चना कार्की प्रथम, गिता राना द्धितिय, मेनुका लोप्चन तृतिय हुनु भएको छ ।

बिजयीहरु सम्पुर्णलाई यही फागुन २४ गते ११ बजे जिल्ला पार्टी कार्यलयमा नै सम्मान गरिने जिल्ला कमिटी सचिब सुशिला मल्लले बताउनु भयो । कार्यक्रममा पार्टी केन्द्रिय कमिटी सदस्य जुनेली श्रेष्ठ, अनेमसंघ केन्द्रिय कमिटी सदस्य पार्बती राना ,पार्टी प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, अनेमसंघ प्रदेश कमिटी सचिवालय सदस्य सीता बिष्ट, अनेमसंघ जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्ले लगायत जिल्ला कमिटी पदाधिकारी एबम सदस्यहरुको उपस्थित रहेको थियोे ।

समाचार समाज