एमालेबाट को–को बन्दैछन् मन्त्री ?

नेकपा एमालेले मन्त्रीहरुको नाम तय गरेको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको योजना बनाएसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले ८ मन्त्रालय पाउनेछ । सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने एमालेका नेताहरुले बताएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

राजनीति समाचार