त्रिशूली बस दुर्घटना अपडेटः मृतकको संख्या ७ पुग्यो

त्रिशूली नदीमा आज बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा परेर थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या सात पुगेको धादिङ प्रहरीले जनाएको छ ।

यसअघि दुर्घटनामा परेर पाँच जना पुरुष र एक महिलाको मृत्यु भएको थियो । दुर्घटनामा परेर मृत्यु भएका सातै जनाको हालसम्म पहिचान नखुेको प्रहरीले जनाएको छ।

कपिलवस्तुबाट काठमाडौंको लागि छुटेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार, सो दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको र उनीहरुलाई उद्दार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् ।

प्रहरीले बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार समाज