स्काउट हेटौंडाको स्थानीय आयुक्तमा आचार्य

नेपाल स्काउट हेटौंडा उपमहानगरपालिकाको स्थानीय आयुक्तमा अनिल आचार्य मनोनित भएका छन् ।

नेपाल स्काउट बागमती प्रदेशका प्रमुख आयुक्त शिब कुमार त्वायनाले आचार्यलाई गत ११ फागुनमा हेटौंडाको स्काउट आयुक्त मनोनित गरेका हुन् ।

नेपाल स्काउट नियमावली २०७७ को दफा २१ (म) बमोजिम र स्थानीय परिषद्मा निर्वाचित सदस्यहरुको बैठकबाट सिफारिस समेत भई आए अनुसार उपमहानगरपालिकाको स्थानीय आयुक्तमा आचार्यलाई मनोनित गरिएको हो ।

गत २२ माघमा सर्वसम्मत स्थानीय स्काउट परिषद् निर्वााचित भएपनि स्थानीय आयुक्त मनोनित हुन सकेको थिएन ।

समाचार समाज