देउवाले गरे माधव नेपाललाई प्रधानमन्त्रीको अफर

काठमाडौं। नेकपा (एस) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई प्रधानमन्त्रीको अफर गरेका छन् । नयाँ गठबन्धन बनेपछि माधवलाई कन्भिन्स गर्न सोमबार र मंगलबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीसम्म माधवलाई भेट्न उनको निवास पुगेका थिए।

उनले पुरानो गठबन्धनअनुसार प्रचण्डपछि माधवकै प्रधानमन्त्री बन्ने पालोअनुसार अबको प्रधानमन्त्रीका लागि देउवाले अफर गरेका हुन् । यो अफरले राजनैतिक माहोल तातेको छ।

राजनीति समाचार