भिमफेदी-४ मा सुख्खा पहिरो

हेटौंडा। पहिरो खस्दा भिमफेदी- भैसे सडकखण्ड अवरुद्ध बनेको छ।

बुधबार बिहान सडकखण्ड अन्तर्गत भिमफेदी ४ गोल्फिङटारमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।

सडकखण्ड अवरुद्ध हुदा डाईभर्सन गरेर यातायात चलाइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पहिरो हटाउने कार्य भइरहेको जनाइएको छ।

समाचार समाज