आज भगवान् शिवको पूजा–आराधना गरी देशभर महाशिवरात्रि पर्व मनाइँदै

हेटौंडा । आज महाशिवरात्रि पर्व मकवानपुरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । बिशेषगरी हेटौंडाको हुप्राचौरमा रहेको पशुपति मन्दिरमा बिहानै देखि भक्तजनहरु दर्शन गर्नका लागि आएका छन् । प्रहरी पनि यस क्षेत्रमा परिचालन गरिएको छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

मुख्य समाचार समाचार