११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ।

जिल्ला अदालत बार एशोसिएसन मकवानपुर र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको संयुक्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता भएको हो।

दश जोड दुई (प्लस टु) स्तरीय “नेतृत्वमा महिलाको अधिकार, अवसर र चुनौती” विषयक वक्तृत्वकला प्रतियोगितामा जेनिथ इन्टरनेशनल माविकी छात्रा अभिप्सा पौडेल प्रथम भएकी छिन्। आधुनिक राष्ट्रिय माविका धिरज यादव द्वितीय, नारायणी कलेजकी छात्रा साक्षी भुजेल तृतीय र मकवानपुर बहुमुखी क्याम्पसकी सर्मिला उप्रेति सान्त्वना भइन्।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, प्रतियोगितामा सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा ६ विद्यालयका ११ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

जेनिथ इन्टरनेशनल मावि, नारायणी कलेज, आधुनिक राष्ट्रिय मावि, मकवानपुर बहुमुखी क्याम्पस, श्रीजनज्योति मावि र जनप्रिय माविले प्रतियोगितामा सहभागिता जनाएका थिए।

वक्तृत्वकला प्रतियोगितामा अनिता न्यौपाने, कृष्ण प्रसाद पोखरेल, विशाल अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

हेटौंडा–११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता एवम् गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुर अध्यक्ष रमिला सापकोटाको सभापतित्वमा कार्यक्रम भएको हो।

कार्यक्रममा बुद्धशरण लामा, अधिवक्ता अप्सरा बस्नेत, रामचन्द्र न्यौपाने, सन्तोष पौडेल, कुमारी वाइवा, सर्मिला श्रेष्ठ, मन लामा, शिवा दोबकोटा, प्रमिला केसी, पार्वती चौलागाई, गोकर्ण तिवारी लगायतको उपस्थिति रहेको थियो।

मुख्य समाचार समाचार समाज