श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षीया पवित्रा राई रहेकी छिन् ।
बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले कुटपिट गरी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए ।  श्रीमान सन्तोषलाई नियन्त्रणमा प्रहरीले जाएको छ ।

 

समाचार समाज