सिन्धुलीमा बोलेर गाडी दुर्घटना हुँदा १२ जना घाइते

सिन्धुलीको दुधौली–१, हप्ते डाँडामा बोलेर गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेर दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, दुर्घटनामा परेर धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतो पनि घाइते भएका छन् । उनीहरुको आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भीर रहेको छ । उक्त दुर्घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार समाज