राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । सभाका उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको सभालाई जानकारी गराएकी हुन् ।

आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले सो बारे जानकारी गराएका हुन् ।

राष्ट्रिय सभाको नियमावली बमोजिम संघीय संसदको महासचिव पदमाप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् ।

निर्वाचन अन्तरगत भोलि फागुन २८ गते (सोमबार) राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ ।

मुख्य समाचार राजनीति समाचार