हेटौंडामा एक गाई गोठमा आगलागी

 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवट लक्ष्मिनारायण टोलमा हिजो आइतबार एक गाई गोठमा आगलागी भएको छ ।

आइतबार अपराह्न ४ बजेर ४५ मिनेटको समयमा स्थानीय ज्ञानेन्द्र बर्तौलाको गाई गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, आगलागीबाट गोठ र गोठमा रहेको पराल जलेर नष्ट भएको छ ।

उक्त आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब दुई घण्टापछि पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट मानविय क्षती भने भएको छैन । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

समाचार समाज