मकवानपुरका दुई जना प्रहरीको नियन्त्रणमा

हेटौंडा । अबैध लागुऔषध चरेससहित मकवानपुरका दुई जना प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरीको नियन्त्रणमा हुनेहरुमा जिल्लाको थाहा नगरपालिका–८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र २३ वर्षीय नारायण दमाई रहेका छन् ।

उनीहरुलाई मकवानपुर जाने भित्री सडकखण्डमा प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरी टोलिले धादिङको थाक्रे गाउँपालिका–३, अमर्खस्थित महादेववेशीबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, चेकजाचँ गर्ने ना ४ ख ४८३ नम्बरको बसमा सवार उनीहरुको साथबाट ९ किलो ५०० ग्राम लागूऔषध चरेस बरामद भएपछि निजहरुलाई नियन्त्रणमा लिएको हो ।

उक्त लागूऔषध चरेससहित प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार समाज स्थानीय