आज ग्याल्पो ल्होसार मनाइँदै

काठमाडौं । आज ग्याल्पो ल्होसार मनाइँदैछ । शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व रुपमा रहेको उक्त ल्होसार देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइने भएको हो ।

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यो पर्वलाई शेर्पा समुदायले नयाँ वर्षको रुपमा लिइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

मुख्य समाचार समाचार