बुधबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्यमा १ हजारले घटेर छापावाला सुन १ लाख २५ हजार र तेजाबी सुन १ लाख २४ हजार ४ सयमा कारोबार भइरहेको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने अघिल्लो दिनको तुलनामा २० रुपैयाँले घटेको हो ।

अर्थ समाचार