प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार