भीमफेदीबाट अवैध लागूऔषध चरेशसहित एक पुरुष पक्राउ

मकवानपुरको भीमफेदीबाट अवैध लागूऔषध चरेशसहित प्रहरीले मंगलबार एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले भीमफेदी–२, स्थित भैंसेबाट अवैध लागूऔषध चरेश करिब १५ किलोसहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३१ वर्षीय प्रशान्त तामाङलाई पक्राउ गरेको हो ।

तामाङलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, बा.प्र–०२–०२०प ८८३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सो परिमाणको चरेश बरामद भएपनि मोटरसाइकल चालक तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाएको छ ।

समाचार समाज