बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठकमा सो कुराको जानकारी गराएका हुन् ।

बैठकमा सभामुख पाठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदनलाई प्रदेश सरकाबाट कार्यानवयन गर्न सर्वसम्मतिबाट पारित भएको घोषणा गरे ।

बैठकमा प्रदेश सभाका सदस्यहरु क्रमशः केशवप्रसाद पोखरेल, मधुुकुमार श्रेष्ठ र भरतबहादुर केसीले विशेष समितिको प्रतिवेदनमाथिको छलफलमा सहभागीता जनाएकाा थिए ।

सो क्रममा उनीहरुले प्रदेशलाई सुशासन, जनताप्रति जवाफदेही र सन्तुलित बजेटलाई अब निरन्तरता दिन आवश्यक भएकोले सो प्रतिवेदन सबै संसदको साँझा सम्पति भएको उल्लेख गरेका थिए ।

प्रदेश सरकारलाई बजेटमा पारदर्शी र निष्पक्ष ढंगबाट जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने सम्वाहक भएको उनीहरुले उल्लेख गरे ।

प्रदेश समाचार बागमती प्रदेश राजनीति समाचार