चैत्र ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग आगामी चैत्र ६ गते प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने भएको छ ।

आजका लागि सो कार्यक्रम कार्यसूचीमा भएपनि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमका कारण कार्यसूचीबाट हटाइएको हो ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको सभामुख देवराज घिमिरेले बताए ।

प्रतिनिधि सभाको बैठक चैत्र १ गते बिहान ११ बजे बस्नेछ ।

मुख्य समाचार राजनीति