हटियामा चोरले चोर्दै गर्दा जोगिएको गाई

३ चैत,हेटौंडा – गोठमा बाँधीराखेको गाई चोरेर लैजादै गरेको थाहा पाएपछि गाई चोरीन बाट जोगिएको छ । गएको फागुन २४ राति १० बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटिया, लक्ष्मीपुरमा रामचन्द्र गौतमको गोठबाट बाँधी राखेको गाई फुकाएर लैजादै गर्दा थाहा भएपछि चोरले गाई नै छोडेर भागेको उहाँका कान्छा छोरा ईन्द्रमणी गौतमले बताउनुभयो ।
गोठमा रहेका ३ वटा गाई मध्ये लैनो अवस्थामा रहेको गाई चोर्ने प्रयास भएको हो । अर्को गाई केहि दिन अघि मात्र ब्याएको र रातिको समयमा कुकुर , स्यालहरुले दुख दिने गरेका थिए । सो दिन पनि घरमा भर्खर सुतेको समयमा घर बाहिर केहि आवाज सुनिएकोले तेहि जन्तु केहि आएको होला भनि माईला छोरा नारायण गौतम घरबाट बाहिर निस्कँदा पुरै कालो पहिरन लगाएको पुरुष ब्यक्तिले गाई डोर्‍याएर लैजादै गरेको देखेपछि सो ब्यक्ति गाई छोडेर भागेको गौतमले बताउनुभयो ।

गोठमा बाँधी राखेको गाई यसरी गोठैबाट चोरी हुन थालेपछि हटियाबासी अहिले त्रसित रहेका छन् ।

मुख्य समाचार समाचार समाज